भाई कुलदीपलाई सम्झँदै एबिसीकर्मी रानामगरद्वारा ‘कुरुवा बेड’ सहयोग

कास्की | असार २१, २०७९

भाई कुलदीपलाई सम्झँदै एबिसीकर्मी रानामगरद्वारा ‘कुरुवा बेड’ सहयोग

पोखरा:   पत्रकार तथा एबिसी टेलिभिजनकर्मी गिता रानामगरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ‘बिरामी कुरुवा बेड’ सहयोग गरेका छन् । 

 

स्वर्गीय भाई कुलदिप रानामगर ( अर्जुन) को सम्झनामा पत्रकार रानामगरले प्रसुती तथा स्त्री रोग भवनको शिशु वार्डमा ३ थान बिरामी कुरुवा बेड सहयोग गरेका हुन् ।  उक्त बिरामी कुरुवा बेड पत्रकार रानामगरले अस्पतालका प्रा. डाक्टर भरतबहादुर खत्रीलाई हस्तातरण गरे । 

 

सो अवसरमा बोल्दै पत्रकार रानामगरले स्वर्गीय भाईको सम्झनामा अस्पतालको शिशु वार्डमा आवश्यकता महसुस गरि राना परिवारको तर्फबाट सहगोग गरेको बताए । ‘भाईपनि सानै उमेरमा सम्झनामै सिमित भएको थियो, उनले भने, ‘त्यही बच्चा वार्डमा बिरामी कुरुवाहरुलाई सहज हुन्छ भन्ने उद्देश्यले सहयोग गरेको हुँ ।’

 

उनले सोही प्रसंगमा धर्म कमाउन मन्दिर नै जान नपर्ने बताए । ‘धर्म कमाउन मन्दिरमै गएर भेटी चढाउनु पर्छ भन्ने छैन, रानामगरले भने, ‘आफुलाई मनमा शान्ती मिल्ने गरि अस्पताल र वृद्धाश्रममा पनि दान गर्न सकिन्छ ।’

 

यसैगरि सो समाग्री ग्रहण गर्दै अस्पतालका निर्देशक प्रा. डाक्टर भरत बहादुर खत्रीले सहयोगका लागि आभार व्यक्त गरेका थिए  । उनले अस्पतालमा विशेषगरी फलामका कुर्ची तथा बेन्चहरु सहयोग आउँने बताउदै टिकाउ नहुने धारणा राखे ।

 

डाक्टर खत्रीले सहयोगी दाताहरुलाई काठले बनेका समाग्रीहरु प्रदान गर्न समेत सुझाएका थिए ।

 

स्याङ्जाको पुतली बजार नगरपालिका ७ बुढीलेकका पत्रकार रानामगरका भाई स्वर्गीय कुलदिप रानामगर (अर्जुन) ले ७ वर्षको कलिलो उमेरमा ज्यान गुमाएका थिए ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्